काठमाडौं – नेपालमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९५१ नमूना परीक्षण गर्दा २५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। पीसीआरबाट २४ जनाको र एन्टिजेन विधिबाट १ जना गरी २५ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। सोही अवधिमा ८९ जना कोरोनामुक्त भएका छ्न्। हाल कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ८१ रहेको छ।
पछिल्लो २४ घन्टामा ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया