काठमाडौं । हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
आज (शुक्रबार) बिहान प्रदेश–१, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेकोछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार भने दिउँसो प्रदेश–१, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेकोछ ।
देशका अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार राती भने प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया