काठमाडौं – पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि अभाव हुने आशंकामा पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन लागेको छ।
कतिपय पेट्रोल पम्पमा ‘पेट्रोल छैन’लेखिएको छ भने कतिपय बन्द नै रहेका छन्।
शुक्रबार खरिद नगरेकाले बिहीबारै उठाइएको पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले आज पेट्रोलियम पदार्थ बिक्री गरिरहेका छन् ।
तर सबै पम्पहरुमा गाडी र मोटरसाइकलको लामो लाइन छ। मूल्य बढ्न सक्ने र अभाव चर्किने आशंकाले मानिसहरुले भाँडोमा समेत पेट्रोलियम पदार्थ भरेर लान थालेका छन्।
आयल निगमले मूल्य बढाए पनि आफूहरुले पाउने कमिशन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन् ।
आयल निगमले व्यवसायीका माग सम्बोधनका लागि तयार रहेको भन्दै समय मागेको छ। तर व्यवसायीले भने तत्कालमाग सम्बोधन नगर्ने भए भोलिदेखि सबै पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन्।





प्रतिक्रिया