देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि इन्धन आपूर्ति सहज हुन्छ, : आयल निगम

देशान्तर

काठमाडौं –  नेपाल आयल निगमले पम्पहरुमा अत्यवश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले बताए ।उपत्यकासहित देशै भरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरेको उनले बताए । ‘इन्धन उठेको छ, पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ,’ सहप्रवक्ता कार्कीले भने ।

काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताए । कुन ठाउँबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको बताए ।