देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६६ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय ९९ जनामा झरेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यही अवधिमा ३० हजार चार सय ४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।