देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज (शुक्रबार) बिहान हाल प्रदेश–१ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशको अन्य भूभागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देश–१ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । शुक्रबार राती भने प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।