देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपति धर्मशालाको मूल गेटमा लगाइएको ताला तोडियो

देशान्तर

काठमाडौं । काठमाडौं जिल्ला अदालतको अन्तरकालीन आदेशपछि पशुपतिस्थित धर्मशालामा लगाइएको ताला तोडिएको छ ।

पशुपति क्षेत्र विकास कोशले बतास समूहद्वारा सञ्चालित धर्मशालाको मूल गेटमा ताला लगाएको थियो ।

कोषले शुक्रवार ताला लगाए लगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५  दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको थियो ।

होटेल आनन्द प्रा।लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।