देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम धुम्म, केही ठाउँमा हल्का बर्षा

देशान्तर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा अहिले मौसम धुम्मिएको छ । स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धुम्मिएको मौसम पर्सिदेखि भने बिस्तारै सुधार हुँदै जाने सम्भावना छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही भू–भागमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

मौसम बद्ली भएका यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताए । तर ठूलो पानी पर्ने सम्भावना नरहेको उनले बताए । तराईका प्राय सबै क्षेत्रमा आज पनि दिनभरि नै पारिलो घाम लाग्नेछ ।