देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज यी ठाउँमा पानी पर्न सक्ने

देशान्तर

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भेगका आंशिक बदली रहेको तथा बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आज दिउँसो र राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अबको २४ घण्टामा पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

साथै पश्चिम तराईका भू–भागमा केही गर्मी बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।