देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमानस्थलबाट गोलीसहित युवती पक्राउ

देशान्तर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन्।

नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जाँच गर्ने क्रममा उनको झोलामा एक थान गोली फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ