देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

देशान्तर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न जान लागेका काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया सर्मिला लामालाई बिदाइ गरका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिनुए ।

विगत१६ वर्षदेखि हिमाल आरोहण गर्न थाल्नुभएकी लामाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये चार वटा हिमालको आरोहण गरिसकेको आरोही लामाले जानकारी दिए । लामाले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ ।