देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ वर्षमा राष्ट्रपति भण्डारीको शुभकामना

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ ले सम्पूर्ण नेपालीहरुमा सुख समृद्धि र उमङ्गको कामना गरेकी छिन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेकी हुन् ।

साथै उनले संवत् २०७९ निर्वाचन वर्ष बन्न गइरहेकाले स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउन् भन्ने कामना पनि गरेकी छिन् ।

हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको भन्दै राष्ट्रपति भण्डारीले नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो भनेकी छिन् ।