देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्री देउवाले भने, ‘नेपालीको जीवनलाई उन्नत र समृद्ध बनाउनु सर्वोपरी लक्ष्य हो’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष २०७९ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुभकामना दिंदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेर समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्य भएको बताए ।

उनले देश विदेशमा रहेका सबै नेपाली दिदी–बहिनी तथा दाजु–भाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे ।

नयाँ वर्षको आगमनसँगै नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्न आह्वान गर्दै प्रधानमन्त्री देउवाले गएको वर्षको अनुभवलाई शिक्षाको रूपमा लिई नयाँ वर्षमा अझ बढी मिहिनेतका साथ कर्मक्षेत्रमा खरो उत्रिन आग्रह गरेका हुन् ।