देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्ने महानगरको निर्णय

देशान्तर

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ ।

त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।

सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने निर्णय गरेको हो ।

अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर संकलन गर्ने भएको छ । महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको हो  । अब घरवालाले नै फोहोर संकलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने व्यवस्था हुनेछ ।

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने विश्वास छ ।

कुहिने र नकुहिने वर्गीकरण नगर्नेलाई पाँच सय रुपियाँ जरिवानासमेत गर्ने निर्णय महानगरले गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ ।