देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बझाङमा जिप दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

देशान्तर

बझाङ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बझाङको सुर्मा गाउँपालिकाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने सभापति बोहरासहित ३ जना घाइते भएका हुन् । विनोद सभापति बोहराका छोरा हुन् । घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ ।

प्रहरीका अनुसार जीप शनिबार राति १२ः४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।