काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
आज (आइतबार) बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ। आइतबार भने देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।





प्रतिक्रिया