देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्य

देशान्तर

काठमाडौँ – पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
एक बालिका घाइते भएकी छिन् ।

आज बिहान मदन पन्धाकको घरको जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको मृत्यु भएको हो । ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

यस्तै, माटो ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी हुन् । बालिकाको फिदिममा रहेको समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।