देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिपी र पुष्पलाल पार्क ५०-५० लाख दिने मन्त्रिपरिषदको निर्णय

देशान्तर

काठमाडौं । सरकारले सिन्धुलीको दुम्जामा विपी कोइराला तथा रामेछापमा पुष्पलाल श्रेष्ठको नामबाट पार्क निर्माणका लागि ५०र५० लाख दिने निर्णय गरेको छ। विहिवार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका प्रमुख सेनानी गौरव केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि अनुमोदन गरेको छ।

साथै नेपाल वायु सेवा निगमको दुई वाइडबडी जहाज खरिदका लागि जमानत बस्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकपछि उर्जामन्त्री जनार्दशन शर्माले विमान खरिदको जमानत बस्ने निर्णय भएको बताए। विमान खरिदका लागि नेपाल एयरलाइन्स र अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको छ। बैठकले युरोपियन युनियनलाई जग्गा खरिदको अनुमति दिएको छ।

त्यस्तै अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ । काभ्रेको ज्यादी गाविस–८ की कल्पना पराजुलीसँग गत असार २५ गते अन्तरजातीय विवाह गरेका अजित मिजार असार ३० गते धादिङमा मृत फेला परेका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।