देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतमा कोरोनाको सङक्रमण बढ्दो , स्वास्थ मापदण्ड पालना गर्न अपिल

देशान्तर

काठमाडौँ – सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको जनाएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेकाले खोप लगाउन र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति निकालेर सङक्रमण भित्रिन र फैलन नदिन थप जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नरगराउन अनुरोध गर्नुभएको छ ।