देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक सुरु

देशान्तर

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ।

सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक सुरु भएको छ। राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए।

खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ। राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि बोर्ड बैठक बस्न सकेको थिएन। खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने व्यवस्था छ।

राखेपको बोर्ड बैठकलाई खेलकुद सम्बन्धि नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरि पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ।