देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समानुपातिकको बन्द सूचीमा नाम रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने

देशान्तर

काठमाडौं । २०७४ सालको प्रदेश तथा प्रतिनिधसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्थानीय तह निर्वाचनमा लड्न नपाउने भएका छन् ।

एउटै व्यक्ति एक भन्दा बढी निर्वाचनमा उम्मेदवार हुन नसक्ने मान्यताका आधारमा बन्द सूचीमा नाम रहेसम्म उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।

बन्दसूचीको नाम हटाउन सम्बन्धित राजनीतिक दलले नै सहजीकरण गरी आवश्यक प्रकृया अगाडि बढाउन सकिने आयोगका प्रवक्तासमेत शालिग्राम शर्माले बताए ।

सूचीबाट हटाएको नाम वैशाख १० गतेभित्र प्रक्रिया पुर्याएर आयोगमा पठाउन पनि आग्रह गरिएको छ ।

नेपालको संविधानको धारा ८४ र १७६ ले प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित सदस्य रहने व्यवस्था गरेको छ ।