देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भागबण्डा मिलाउन पाँच दलका अध्यक्षबीच बैठक बस्दै

देशान्तर

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने बताइएको छ ।

केन्द्रमा पाँच दलीय गठबन्धन जबरजस्त कायम राख्ने प्रयास भए पनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ । गठबन्धनको हिजो बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो ।

निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने दिन आइसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज उम्मेदवारको मनोनयनको कार्यसूची छ । हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराए । तर सत्तागठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।

एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन ।