देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले गराइन् मनोनयन दर्ता

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छन् ।

सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । उनले आफूले निर्वाचन जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइन् ।

 

उनले काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन गर्ने पनि सुनाइन् ।

आफू प्रकाशमान सिंहको पत्नी मात्र नभई उनीसँग चिनजान अघिदेखि प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेको पनि नेतृ सिंहले बताइन् ।