काठमाडौँ – कास्कीमा दुर्घटना भएपछि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुलमा रहेको पोखरा बाग्लुङ सडक खण्डमा वैशाख १० गते मोटरसाइकल र टिपर ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकल र टिपर ठोक्किएपछि मोटरसाइकल चालकले टिपर चालकलाई कुटपिट गरेका हुन् ।
प्रहरीले मोटरसाइकल चालक म्याग्दी घर भइ अहिले कास्की पोखरा महानगरपालिका– १९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइ रहेको उनको भनाइ छ ।





प्रतिक्रिया