सूर्यबिनायक । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ४ वटा उपसमितिहरु गठन गरेको छ ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला स्थानिय तह निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विजेश अवालको सभापतित्वमा बसेको बैठकले स्थानीय प्रशासन समन्व्य समिति, निर्वाचन परिचालन एवं सामाजिक सञ्जाल डेक्स, अनुगमन एवं परिचालन उपसमिति र युवा एवं स्वयमसेवक परिचालन उप समिति गठन गरेको हो ।
उपसमितिमा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरु, २ वटा क्षेत्रिय समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु, ४ वटा निर्वाचन क्षेत्र प्रदेश समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु, ४ वटै नगर समितिका पदाधिकारी र सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण पदाधिकारी र सदस्यहरु र पार्टीका सम्पूर्ण क्षेत्रियहरु सदस्य रहने गरी ११ सय ४४ जना सदस्य रहने छन् ।
उपसमिति अन्तर्गत स्थानीय प्रशासन समन्वय समितिमा कबिर राणा संयोजक रहेका छन् । यसैगरी निर्वाचन परिचालन एवं सामाजिक सञ्जाल डेक्समा शुशील बस्नेत संयोजक रहेका छन् भने अनुगमन एवं परिचालन उपसमितिमा कृष्ण मुरारी न्यौपाने संयोजक रहेका छन् । यस्तै युवा एवं स्वयमसेवक परिचालन समितिको संयोजकमा रबि राणा रहका छन् ।





प्रतिक्रिया