देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले गरे पार्टी परित्याग घोषणा

देशान्तर

काठमाडौं – राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ ।राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे ।

तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।