देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यू-१९ महिला विश्वकपका लागि १८ खेलाडी छानिए 

देशान्तर

काठमाडौं – नेपाल क्रिकेट संघ क्यान ले यू १९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ ।

आगामी जुनमा मलेसियामा यू -१९ महिला विश्वकपको लागि एसियाली क्षेत्रको छनोट आयोजना हुँदैछ । त्यसका लागि क्यानले प्रारम्भिक चरणमा प्रशिक्षणमा बोलाइएका ४४ खेलाडीबाट सोमबार १८ खेलाडी छानेको हो ।

छनोट भएका खेलाडीहरुमा करिन कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टी धामी, सावित्री धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरामायी रोए, एलिसा खडिया, कृतिका मरासिनी, स्नेहा महरा, निशा शाह, मिनिसा राना मगर, प्रतिमा शाह, ज्योत्सिका मरासिनी र मनिसा चौधरी छन् ।

छनोटमा नेपालहसति मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारले प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसीले पहिलो पटक आयोजना गर्न लागेको यू-१९ महिला विश्वकप सन् २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ ।