देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेघगर्जन र चट्याङसहित वर्षा

देशान्तर

काठमाडौँ – उपत्यका सहित देशका धेरै स्थानमा रातभर वर्षा भएको छ।

राति प्रदेश १, सुदूरपश्चिम,गण्डकी, कर्णाली र बागमती प्रदेशमा र अन्य प्रदेशका केही स्थानमा वर्षा भएको हो ।

यीमध्ये बागमती लुम्बिनी र कर्णालीमा धेरै पानी परेको छ । काठमाडौं उपत्यकामा २५ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

दिउँसो र राति प्रदेश १, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली प्रभाव छ। मौसमविद् प्रधानांगका अनुसार अझै केही दिन मौसम यस्तै रहनेछ।

महाशाखाका अनुसार बिहीबार काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ।