देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले अध्यक्ष ओली बुटवल जाँदै

देशान्तर

रूपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदैछन् ।

नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली जान लागेका हुन् । बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत ओली बुटवल जानेछन् ।

बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले समय छोटो भएकाले धेरै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नबनाइएको जानकारी दिए ।