देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

देशान्तर

काठमाण्डौँ । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ ।

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ : १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन् । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए ।

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए ।

त्यस कारण गाडीमा खासै क्षति हुन नपाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।