देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोटीमा बस दुर्घटना

देशान्तर

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिकाको साना गाउँमा बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।

अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी डोटीका प्रमुख प्रहरी निरीक्षक शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा करिब २०९२५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ रहेको उनले बताए ।

६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको चौधरीले जानकारी दिए । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।