देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीले गरे मतदान

देशान्तर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । उनले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गरेका हुन् ।

मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छिन् ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशील साझाका मेयर उम्मेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दै छन् । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।