देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पैसाको बिगबिगी र भोजभतेर रोक्न निर्वाचन आयोग असफल : अध्यक्ष नेपाल

देशान्तर

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् ।

रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।

‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ,’ उनले भने ।