चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४३३ मत पाउँदै वडाध्यक्ष जिते । उनी यसअघि सोही वडाको वडा सदस्य थिए ।
सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्यमा गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली कांग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो निर्वाचित भएका छन् ।





प्रतिक्रिया