२ जेठ, २०७९ सोमबार । तद्नुसार मे महिनाको १६ तारिक २०२२ । वैशाख शुक्लपक्ष चण्डीपूर्णिमा बुद्ध जयन्ती, गोरखनाथ जयन्ती र बैशाखस्नान समाप्ति समेत छ । बौद्ध धर्ममा प्रवर्तक भगवान गौतमबुद्धको आज जन्मजयन्ती हो ।
देशभर बौद्ध गुम्बा र लुम्बिनीमा विशेष पूजा आरधना हुने गर्दछ । आज बिहान सूर्योदय ५ः१५ मा भएकाे छ भने सूर्यास्त ६ः४७ मा हुनेछ ।
बब, करण, विशाखा नक्षत्र वरीयान योग र चन्द्रमा तुला राशिमा रहेको छ । आजको देवता कुवेर र ग्रहदेव बृहस्पति रहेको छ । आज पूर्णिमा र सोमबार समेत परेकाले आजको दिन विशेष दिन मान्न सकिन्छ । आज बिहानदेखि रात्रीसम्मको कुनै पनि समय देवालय र शिवालय यात्रा फलदायी हुनेछ ।
विशेषगरी सोमबारको दिन शिवालय जाने प्रचलन छ । पूर्णिमाको साँझ पशुपतिनाथ मन्दिरमा विशेष पूजा आरधना हुने गर्दछ ।





प्रतिक्रिया