देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्नपूर्णमा एमाले विजयी

देशान्तर

कास्कीको अन्नपूर्णमा दुवै पद नेकपा एमालेले जितेको छ ।

अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ६ हजार ७२२ मत ल्याउँदा कुँवरले ५ हजार ९५९ मत प्राप्त गरे ।

२०७४ को निर्वाचनमा केसी उनै कुवँरसँग पराजित भएका थिए ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी विजयी भइन् । उनले ६ हजार ६०८ मतसहित विजयी हुँदा निकटम् प्रतिश्पर्धी कांग्रेसकी खेमकुमारी गुरूङले ६ हजार १४ मत पाइन् ।

अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले तथा २, ४, ५, ८ र १०  मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।