सप्तरीको तिरहुत गाँउपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएकाे छ ।
पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर(मनोज) २ हजार ९ सय १८ मत ल्याए ।
नेकपा एमालेका दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै विणा देवी यादव निर्वाचित भएका छन्।
त्यस्तै, तिरहुत गाँउपालिकाको वडा नं- १ मा जसपा, वडा नं- २ मा एमाले, वडा नं- ३ मा जसपा, वडा नं- ४ मा नेपाली कांग्रेस र वडा नं- ५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्।





प्रतिक्रिया