देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै

देशान्तर

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६,४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।