देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौ मेयरको दौडमा बालेनको फराकिलो अग्रता, स्थापित ८ हजार ११५ मतले पछि

देशान्तर

काठमाडौँ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार मत कटाए ।

ताजा मत परिणाम अनुसार शाहले १७ हजार ३१ मत पाउनु भएको छ । उन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार १ सय १५ मतले अगाडि छन् ।

स्थापितले अहिलेसम्म ८ हजार ८ सय ७६ मत प्राप्त गरे । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९ सय ४१ मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा भने एमालेतर्फबाट सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।