देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थापितको वडामा बालेनले दिए टक्कर

देशान्तर

 

काठमाडौं – यतिखेर काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ।

यो वडामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरुवाती अग्रता लिएका छन्।

उक्त वडामा अहिले करिब २०० मतगणना हुँदा स्थापितले ६० मत पाएका छन् भने बालेन साहले ४६ मत पाएका छन्। यो तथ्यांकअनुसार स्थापित बालेनभन्दा १४ मतले अगाडि देखिएका छन्।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्। पछिल्लो विवरणअनुसार वडा( १, २, ३, र ५ को मतगणना सकिएको छ भने वडा( ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना भइरहेको छ।

हालसम्म बालेनले १७ हजार ५ सय ५८, स्थापितले ९ हजार ५६ र सिर्जना सिंहले ८ हजार १ सय २८ मत पाएका छन्।