देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रसुवामा चुनावी चहलपहल

देशान्तर

रसुवा । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि हिमाली जिल्ला रसुवामा चुनावी चहलपहल बढेको छ ।

चुनाव प्रचार प्रसारका लागि ग्रामीण केही दलले मोटरसाइल ¥यालीसमेत गरेकाले होटल, तथा खेतबारीमा पनि चुनावी चहलपहलले तीव्रता पाएको हो ।

उन्नाइस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँवासी मतदाता आतुर रहेको बताउँदै स्थानीय यार्सा गाउँका ८२ वर्षीय लछिन लामाले आफ्नो पालामा धेरै दुःख भए पनि अब निर्वाचित हुने स्थानीय सरकारले भावी पुर्खालाई समुन्नत पार्दै लानेमा पूर्ण आशावादी छु भने ।

जिल्लाको पाँच गाउँपालिकाको २७ वडाबाट कुल २७ हजार सात सय ५६ मतदाताले मतदान गर्ने र मतदानका लागि ३४ स्थानको ४२ मतदान केन्द्र कायम भइसकेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताए । उनका अनुसार मतनदाता नामावली परिमार्जन गर्दा पाँचसय ३७ मतदाता घट्न गएको छ ।