देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कैलालीको लम्कीचुहामा मेयर र उपमेयर दुवै पदमा महिला विजयी

देशान्तर

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाए ।

उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।