देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिने एक जना पक्राउ

देशान्तर

काठमाडौँ – अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका -२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजो बिहान हेटौँडा उपमहानगरपालिका – १ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेको छ ।

यस्तै बुबाको नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा दिँदै गर्दा एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगर(११ मा रहेको यातायात व्यवस्था कार्यालयबाट अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका(७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।

सन्तोषले उनका बुबा टुकनाथ गौतमको नाममा परीक्षा दिएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।