देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शौचालय सार्वजनिक बनाउन चाहनेहरु सात दिनभित्र सम्पर्कमा आउनू: काठमाडौं महानगर

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरमा सञ्चालित होटल तथा रेस्टुरेन्टका सञ्चालकलाई आफ्नो शौचालय सार्वजनिक बनाउने हो भने सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै शौचालय सार्वजनिक बनाउन इन्छुकलाई सम्पर्कमा आउन आग्रह गरेको हो । जेठ १६ गतेको कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि महानगरले काठमाडौंका होटल तथा रेन्टुरेन्ट सञ्चालकलाई यस्तो आग्रह गरेको हो ।

आफ्नो शौचालय सार्जनिक बनाउन चाहनेले बबरमहलस्थिति सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बालेन साह काठमाडौंको मेयरमा निर्वाचित भएपछि गरिएको उक्त निर्णयले सर्वसाधारण खुसी भएका छन् । तर कतिपय होटल रेन्टुरेन्ट सञ्चालकले आफूहरुसँग कुनै छलफल नगरी भएको निर्णय कार्यान्वयन नहुने बताउँदै आएका छन् ।