काठमाण्डौँ । यहि जेठ २७ गते हुने अधिबेशनमा नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि निमानुरु शेर्पाको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
मंगलबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्षका प्रत्यासी शेर्पा र उनको समूह घोषणा गरिएको हो । शेर्पासँग यसअघि संघको वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरेको अनुभव छ । उनी हिमाली सञ्चार लिमिटेडका उपाध्यक्ष पनि हुन् ।
वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दिपेन्द्र पाण्डे (कपिल), महासचिवमा मोहन लम्साल, सचिवमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार बन्ने भएका छन् ।

शेर्पा समूहबाट सदस्य पदका लागि सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नाम्गेल जाङबु शेर्पा, नुर्वु छिरिङ शेर्पा (लामा), पासाङ दावा शेर्पा, दिनेश तामाङ, दुर्गादेवी श्रेष्ठ, डोमा शेर्पा र निमा डोमा शेर्पा उम्मेदवार बन्दैछन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी निमानुरु शेर्पाले नेपाल पर्वतारोहण संघका सदस्यहरुमा एकता आवश्यकता औँल्याउदै आफ्नो टिम नेतृत्वमा आए पर्वतीय पर्यटनको प्रवद्र्धन र जलवायू परिर्वतन न्यूनिकरणमा उच्चतम भूमिका निर्वाह गर्ने बताए ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ठाकुर प्रसाद पाण्डेले पर्वतीय पर्यटनको विकास र दक्ष आरोही उत्पादनका लागि निमा नुरु शेर्पाको समूहलाई विजयी बनाउन अपिल गरे ।
महासचिवका प्रत्यासी मोहन लम्सालले आरोहीको इन्स्यूरेन्सको समस्या समाधान, अन्तर्राष्ट्रिय गाइडको मान्यता दिलाउनका लागि आफ्नो टिमले जित हात पार्नुपर्ने बताए ।





प्रतिक्रिया