देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौ उपत्यकामा ठूलो पानी पर्दै, २/३ घण्टासम्म नरोकिने

देशान्तर

काठमाडौँ – अहिले काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ ।

झन्डै २र३ घण्टा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उपत्यकाका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र केहीबेर रोकिएर पुनः पानी पर्ने सम्भावना रहेको उनले बताए । उपत्यकासहित देशभर अझै केही दिन मौसम बदली भइ धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा मनसुन र स्थानीय वायुुसँगै भारतको उत्तर प्रदेश तथा बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मनसुन सक्रिय भएर दशेभर फैलने क्रममा रहेकोले पनि पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् पौडेलले बताए ।

अहिले मनुसन प्रदेश १ मा रहेको छ भने प्रदेश २ का केही ठाउँमा पनि मनसुन सक्रिय हुन थालेको र केही दिनमा काठमाण्डौ उपत्यका हुँदै पश्चिमतिर लाग्ने उहाँले बताए ।