देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसद्वारा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले बिहीबार उक्त प्रतिवेदन सार्वजनिक गरे । उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रूपमा प्रतिवेदन बुझाउए ।

नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेटे । जसमा वडागत रूपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा कांग्रेस पहिलो भएको छ ।

कांग्रेसले ७५२ मध्ये ३२९ पालिकाको नेतृत्व हात पारेको छ । ३ सय पालिकामा उपप्रमुख जितेको कांग्रेसले प्रतिवेदनमा उल्लेख गरेको छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ । कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ ।

प्रदेशगत रूपमा पनि कांग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । ०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यस पटक मत र पद दुवैमा कांग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ ।

७४ मा जितेको २६६ पालिका मध्ये यसपटक १४० मा कांग्रेसको नेतृत्व दोहोरिएको छ । विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले गुमाएको छ । यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ ।

२०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ । यस्तै ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएका प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले गठबन्धन साथमा २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।