देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जाजरकोटमा जीप दुर्घटना : तीन जनाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार हुँदै

देशान्तर

काठमाडौँ – जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए ।