देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपीपी सम्झौता गरिँदैन : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताए ।

बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताए ।

बैठकमा गठबन्धनका नेताहरु एसपीपी सम्झौताबारे भइरहेको चर्चाका विषय उठाएका थिए । त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने बताए ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पहिलेदेखिकै चर्चाको विषय भएको उल्लेख गरे । मुलुकको हितमा नहुने सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।

गठबन्धनको बैठकमा प्रधानन्त्री देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए ।