काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।
मन्त्रिपरिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेट स्वीकृतका पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यसका साथै प्रदेश सकरार विकास पहिलो संसोधन अध्यादेश २०७८ प्रतिस्थान विधेयक, आइसोलेन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले बताए ।





प्रतिक्रिया